Skip to content
Prabhu

सेयर बजारमा २५ अंकको गिरावट, कारोबार रकम १० अर्बमा सीमित

काठमाडौं । सेयर बजार घट्ने क्रम आज पनि जारी रहयो । कारोबार हुने साताको पहिलो दिन आइतबार पनि सेयर बजार दोहोरो अंकको गिरावट आएको हो ।

अघिल्ला दुई कारोबार दिनमा पनि बजार घटेको थियो । आज सेयर बजार २५ दशमलव ४६ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७०१ दशमलव ९० विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ०.९३ प्रतिशतले कम हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६  कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । गत हप्ताको बिहीबार ९ अर्ब बढीको कारोबार भएको बजारमा आज भने १० अर्ब बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर १ लाख १२ हजार ३०० पटक खरिद बिक्रीहुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६३ अंकले घटेर ४७९ दशमलव ७२ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा १३ उपसूचक मध्ये ३ वटा उपसूचकको मूल्य बढेको छ भने बाँकी १० वटाको सेयर मूल्य घटेको छ ।

परिसूचक घटे पनि आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal