Skip to content

सुनको मूल्य ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

nabil bank

काठमाडौं । शुक्रबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार छापावाल सुन १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको थियो । 

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम रहेको थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi