काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयरको दर संशोधन गरेको छ । इन्स्यारेन्सले अब ६२.५६ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
इन्स्योरेन्सले यस अघि ६६ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको थियो । तर, सो हकप्रद सेयर स्वीकृत हुनुभन्दा अगाडि नै ५.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएकोले इन्स्योरेन्सले हकप्रद सेयरको दर संशोधन गरेको हो । यस अनुसार अब इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ६.२५६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ ।
५.५० प्रतिशत बोनस सेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ ९७ पैसा रहेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात इन्स्योरेन्सले सो दरमा हकप्रद सेयर निष्काशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्