काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले बोनस सेयर दिएपछि हुने चुक्ता पुँजीको आधारमा ७ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने गर्ने भएको हो ।
यसअघि कम्पनीले १७ प्रतिशत हकप्रद दिने उल्लेख गरेको थियो । बोनसबाट चुक्ता पुँजीमा केही रकम थपिने भएपछि हकप्रद घटाएको हो । कम्पनीको लाभांश र हकप्रद प्रस्ताव असोज २३ गते हुने साधारणसभामा प्रस्तुत गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्