Skip to content
Prabhu

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक भन्दा बढीले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव ३५ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक २६३६ दशमलव २९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबारको प्रि ओपन सेसनमा ४८ कम्पनीका २ हजार ६६३ कित्ता सेयर ६६ पटक खरिद बिक्री भएका छन् । यसबाट १६ लाख ५१ हजार ४३० रुपैयाँको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal