Skip to content

बिहीबार नेप्से ३०.९२ अंकले घट्यो, ४ अर्ब १८ करोडको कारोबार

nabil bank

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३०.९२ अंक घटेर २०६७.०१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५८ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा यस दिन ३०९ स्टकको ८० हजार पटकको कारोबारमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.४२ प्रतिशत घटेको छ। त्यस्तै, आज मिड सोलु हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर र थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा पनि हिमालयन रि इन्स्योरेन्सका शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावर र नेपाल पुनर्बिमा कम्पनीको १४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime