Skip to content
Prabhu

सानिमा इक्विटी फण्डको एकाइ मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको एकाइ मूल्य समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले एकाइ मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात् फण्डको एकाइ मूल्य १० रुपैयाँ ९० पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको एकाइ मूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा फण्डको एकाइ १२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा फण्डको कारोबार खुल्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal