Skip to content

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट,५ हजार ३४० जनाले पाए

काठमाडौं ।  सर्वोत्तम सिमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आइपीओ सो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बुधबार  बाँडफाँट भएको हो।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी सो कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसामा २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

उक्त सेयरमा कुल ३३ हजार ८ सय २४ जनाले २१ लाख ३९ हजार २ सय २० कित्ता सेयर खरिदका लागि आवेदन दिएका मध्ये १४ आवेदन रद्द भएको थियो । ३३ हजार ८ सय १० आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदनमध्ये ५ हजार ३ सय ४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको छ।

आइपीओका नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, सहबिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima