काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यसैगरी, आज चाँदीको प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्