Skip to content
Prabhu

१ घण्टामा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिनको पहिलो एक घण्टाको कारोबार अवधिमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको पहिलो एक घण्टामा रावा इनर्जि डेभलपमेन्ट लिमिटेड र इस्र्टन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

रावा इनर्जिको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने इस्र्टन हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म रावको सेयर मूल्य ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ पुगेको छ भने इस्टैनको सेयर मूल्य ७४ रपैयाँ ६० पैसाले बढेर ८२१ रुपैयाँ ५० पैसा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक २१ दशमलव ३१ अंकले बढेर २७०९ दशमलव ८४ विन्दुमा पुगेको छ । एक घण्टाको अवधिमा सेयर बजारमा ३ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal