Skip to content
Prabhu

थ्री स्टार हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै घट्ने शीर्ष ५ कम्पनी

nabil

काठमाडौं । सेयर बजार राताम्य भएको दिन २१७ कम्पनीको सेयर मूल्य घट्यो । सेयर बजार ५० अंकले बढेको दिन एक कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार बन्द हुँदा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य १०३ रुपैयाँ ९० पैसाले घटेर ९३५ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले कम हो । आज सेयर बजारमा धेरै घट्ने शीर्ष पाँच कम्पनीमा ग्रिन लाइफ हाइड्रोपावर लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, इमर्जीङ नेपाल लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको सेयर मूल्य धेरै घटेको छ ।

आज ग्रिनलाइफ हाइड्रोको सेयर मूल्य २७ रुपैयाँ ९० पैसाले घटेर २६९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.४० प्रतिशतले कम हो । आइतबार सिइडिबी हाइड्रोको सेयर मूल्य पनि २०५ रुपैयाँले घटेर २ हजार ३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ९.१५ प्रतिशतले कम हो ।

आइतबार इमर्जिङ नेपालको सेयर मूल्य पनि ७.१२ प्रतिशत अर्थात् ९३ रुपैयाँ ९० पैसाले घटेर १ हजार २२५ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको सेयर मूल्य पनि ७.१० प्रतिशतले घटेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ७४ रुपैयाँ ९० पैसाले घटेर ९८० रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal