Skip to content
Prabhu

प्रिओपन सेसनमा करिब २ अंक घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ५०.७३ अंक घटेर २६३७ दशमलव ७९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १ दशमलव ८२ अंक घटेर २६३५ दशमलव ९६ विन्दुमा झरेको छ । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स १ दशमलव २३ अंक घटेको छ ।

सोमबार प्रि ओपन सेसनमा ५३ स्टकको १०५ पटकको कारोबारमा ३८ लाख ८१ हजार ६८१ रुपैयाँ ७० पैसाबराबरको ५ हजार १९९ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal