Skip to content

सिईडिबी हाइड्रोपावरको बोनस सेयर बापतको कर कम्पनीले तिर्ने

काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर बापतको कर कम्पनी स्वयंले तिर्ने बताएको छ । यस कम्पनीले हालै चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

यसका लागि असोज २१ गते साधारणसभासमेत बोलाइसकेको छ । यसैबीच सेयरधनीहरूमा प्रस्तावित सेयरबापत तिर्नु पर्ने कर कसले तिर्ने भन्ने अन्यौलता उत्पन्न भएपछि सूचना जारी गर्दै करबापतको रकम कम्पनी स्वयंले तिर्ने बताएको हो। आयकर ऐन २०५८ को दफा ५४ (३) बमोजिम कर कट्टी पछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुरूप अघिल्लो साधारणसभामा बोनस सेयरबापत करको लागि छुट्याइएको रकम असोज २१ गतेको साधारण सभामा स्वीकृत हुने बोनस सेयरको लागि पनि पर्याप्त रहेको कम्पनीले बताएको छ । सोही रकमबाट कम्पनीले हाल प्रस्तावित बोनस सेयर बापतको कर तिर्ने स्पष्ट पारेको छ । यससँगै बोनस सेयर बापतको कर सेयरधनीहरूले तिर्नु पर्ने छैन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima