काठमाडौं । एनआइबीएल स्टेबल फन्डको एकाइ खरिदका लागि आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । सो कम्पनीले गत माघ २ गते मंगलबारदेखि बिक्री खुल्ला गरेको १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ फन्डको अन्तिम मिति आज मंगलबार सकिँदै छ ।
आज बेलुका ५ बजेसम्म इच्छुक लगानीकर्ताहरूले कम्पनीको फन्ड खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिएकाइ अंकित मूल्य १० रुपैयाँका दरमा २०८०/१०/२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको कम्पनीको फन्डका लागि हालसम्म ४१ हजार ४ सय ६५ जना आवेदकद्वारा १० करोड ५ लाख ९६ हजार ४ सय ८० एकाइ खरिदका लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्