Skip to content

१६ क्षेत्रमा स्टार्टअप गर्न चाहनेलाई सरकारले कर्जा दिने

काठमाडौं । सरकारले स्टार्टअप उद्यमलाई प्रवद्र्धन गर्नको लागि स्टार्टअप कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ । 

चालु आर्थिक वर्षको बजेटमा सरकारले नविनतम सोच, सीप र क्षमता भएका उद्यमशिल बनाउन स्टार्टअप कर्जा दिने नीति लिएको थियो । त्यसको लागि २५ करोड रुपैयाँ बजेटमा बिनियोजन भएको थियो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय बैठकबाट यो कार्यविधि स्वीकृत गरेका हुन् । 

कार्यविधि अनुसार सरकारबाट स्टार्टअप कर्जा लिने कम्पनीको चुक्ता पुँजी दुईलाखदेखि १० लाखसम्म हुनुपर्ने छ । उद्यमको कुल कारोबार वार्षिक दुई करोडभन्दा बढी हुनु हुँदैन । 

स्टार्टअप कर्जा पाइने क्षेत्र 

कृषि तथा पशुपक्षीसँग सम्बन्धित

वन पैदावारसँग सम्बन्धित

 पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित

विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित

मानव स्वास्थ्य सेवासँग सम्बन्धित

 शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित

 सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित

अटोमोबाइलसँग सम्बन्धित

परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित

 खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित

घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित

खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित

फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसँग सम्बन्धित

 विपद व्यवस्थापनसँग सम्बन्धित

वैकल्पिक तथा नवीकरणीय ऊर्जासँग सम्बन्धित

जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi