Skip to content
Prabhu

एनआईएमबी एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

काठमाडौं । एनआईएमबी एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरुलगायत अन्य सरोकारवाला एव निर्णायक व्यक्तित्वहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरहरूलाई अझ प्रस्ट्याएका थिए ।

प्रख्यात मोटिभेसनल स्पीकर अतुल सत्य कौशिकले भने, ‘भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू’ शीर्षकमा मुख्य वक्तव्य दिँदै श्रोताहरूलाई मन्त्रमुग्ध बनाएकाा थिए । उनका गहन विचारहरूले पौराणिक ज्ञानबाट आधुनिक चुनौतीहरूको सामना गर्ने तरिकाहरुमा जोड दिएको थियो । उनले ‘अर्जुन र कृष्ण’ को जस्तो सहयात्राको महत्वलाई जोड दिँदै नेतृत्वकर्ताले कसरी ‘राम र कृष्ण’ जस्ता महान् व्यक्तिहरूका गुणहरूलाई अपनाउनुपर्छ भनेर पनि छलफल गरेका थिए ।

एनआइएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ र फिक्कल टी एन्ड कफी जस्ता कम्पनिहरुमा गरेको लगानीको सफलताका बारेमा आकर्षक प्रस्तुति दिएका थिए ।

यी छलफलहरूले भ्यालु क्रियसन, प्राइभेट इक्विटीमार्फत वृद्धि र विविध क्षेत्रमा दिगो विकासलाई अघि बढाउने एनआइएमबि एस क्यापिटलको प्रस्ट प्रतिबद्धतालाई उजागर गरेको थियो । समापन मन्तव्यमा उपस्थित सहभागीहरूलाई उत्साहपूर्ण सहभागिता र समर्थनका लागि धन्यवाद व्यक्त गर्दै एनआइएमबी एस क्यापिटल लिमिटेडका अध्यक्ष सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिए ।

साथै देशको समग्र वित्तीय क्षेत्रलाई अगाडि बढाउन सरोकारवाला सम्पूर्णले सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले थप भने, ‘आजको ज्ञान र अनुभव आदान–प्रदानले हामीलाई नयाँ अवसरहरू खोजी गर्न र प्राइभेट इक्विटीमा दिगो वृद्धि र प्रगति ल्याउन सहयोग गर्ने छ ।

कार्यक्रममा सहभागीहरूलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावनाहरू सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । थट नेतृत्व, स्ट्राटेजिक नेटवर्किङ, र अनुभव आदान प्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’ नामको उक्त कार्यक्रमलाई एक शानदार सफलतामा परिणत गरेको आयोजकको विश्वास छ ।

एनआइएमबि एस क्यापिटलद्वारा आयोजित उक्त कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धतालाई दर्शाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal