Skip to content
Prabhu

सेयर बजारमा बुधबार सबैभन्दा धेरै मूल्य बढेका ५ कम्पनी

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भयो । बजार ४ अंकले घट्दा ७४ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये कालिका लघुवित्तको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ । यो कम्पनीको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ ।

यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा ८४ रुपैयाँले बढेर १ हजार १२४ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै बढ्ने पाँच कम्पनीमा स्वरोजगार लघुवित्त, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सुपर माइ हाइड्रोपावर लिमिटेड रहेका छन् । आजको कारोबार बन्द हुँदा स्वरोजगार लघुवित्तको सेयर मूल्य पनि ७.९२ प्रतिशत अर्थात् ८० रुपैयाँले बढेर १ हजार ९० रुपैयाँ पुगेको छ ।

त्यस्तै रावा इनर्जीको सेयर मूल्य ५६ रुपैयाँले घटेर ८२१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ७.३२ प्रतिशतले बढी हो । भूगोल इनर्जीको सेयर मूल्य पनि ७.०७ प्रतिशत अर्थात् ३२ रुपैयाँ १० पैसाले बढेर ४८६ रुपैयाँमा कारोबार बन्द भएको छ । बुधबारको कारोबार बन्द हुँदा सुपर माई हाइड्रोको सेयर मूल्य पनि ६.०२ प्रतिशत अर्थात् ६५ रुपैयाँले बढेर १ हजार १४५ रुपैयाँ पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal