Skip to content
Prabhu

हेटौंडाबाट १ करोड बढी मूल्यको अवैध कपडासहित दुई भारतीय पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको १ करोड बढी मूल्यको अवैध लत्ताकपडासहित भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले बुधबार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने प्रमुख नाका हो ।

पूर्व–पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौंडादेखि काठमाडौंसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मूल्य बराबरको रहेको एसपी रिजालले बताए । प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पूर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो।

ट्रकभित्र प्रहरीले झुक्याउन आलुको बोरा राखिएको थियो । ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको एसपी रिजालले जानकारी दिए । उनका अनुसार आलुको बोरा राखिएको सँगै ट्रकको भित्री भागमा ७४ वटा बोरामा तयारी कुर्ता, रोल सहितको सर्ट र पाइन्टको कपडाहरु ल्याइएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal