Skip to content
Prabhu

हिमालय ऊर्जाले सोमबारदेखि साढे १४ लाख कित्ता हकप्रद बिक्री गर्दै

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले उक्त सेयरहरू सोमबार अर्थात् असोज ७ गतेदेखि १४ गतेसम्म बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा पूरा बिक्री हुन नसकेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयामा बिक्री गर्नेछ ।
यस सेयर जोकाही लगानीकर्ताले खरिद गर्न पाउँछन् । सेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्छ भने अधिकतममा सबै कित्ता खरीद गर्न सकिनेछ ।

इच्छुक खरीदकर्ताले सेयर बिक्री खुलेपश्चात् बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड वा नबिल बैंकका रङ्गेलीरोड, भानुचोक, सूर्यविनायक, सभागृहचोक, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal