Skip to content
Prabhu

एनएमबि सरल बचत फण्ड–इले प्रतिफल वितरण नगर्ने

काठमाडौं । एनएमबी सरल बचत फण्ड–इले प्रतिफल वितरण नगर्ने भएको छ । योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडले एक सूचना जारी गर्दै गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट यस योजनाले कुनै पनि प्रतिफल वितरण गर्ने जानकारी दिएको हो ।

२०७८ असोज ६ गते ४ करोड एकाइ बाँडफाँट गरी सञ्चालनमा रहेको यस योजनाले हालसम्म प्रतिफल वितरण गरेको छैन । खुलामुखी प्रकृतिको यस योजनाको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म योजनाको इकाई २१ करोड ३२ लाख ५७ हजार ८१२ दशमलव ७९ कायम भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal