Skip to content
Prabhu

न्यादी हाइड्रोपावरको ‘लक–ईन’ अवधि कात्तिक ४ गते सकिँदै

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको ‘लक–ईन’ अवधि कात्तिक ४ गतेपछि सकिने भएको छ । कम्पनीका संस्थापक सेयरधनीतर्फको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीतर्फको ३ लाख कित्ता, कम्पनीका कर्मचारीतर्फको ४५ हजार कित्ता, अति प्रभावित स्थानीय बासिन्दातर्फको ५ लाख कित्ता र प्रभावित स्थानीय बासिन्दातर्फको १० लाख कित्ता सेयर तीन वर्षको ‘लक–ईन’ मा थियो ।

कम्पनीले २०७८ भदौ १ देखि १५ गतेसम्म स्थानीय बासिन्दा तथा संस्थापक कर्मचारीमा र २०७८ असोज १५ देखि १९ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) मा आईपीओ निष्काशन गरी २०७८ कात्तिक ५ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन वर्षसम्म ‘लक–ईन’ रहने प्रावधान छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal