Skip to content

अप्पर तामाकोशीको लिलामी सेयरको बाँडफाँट भोलि

nabil bank

 

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद सेयरको लिलामीको बाँडफाँट भोलि हुने भएको छ ।

 उक्त सेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषले अप्पर तामाकोशीको लिलामी सेयर भोलि सोमबार बाँडफाँट हुने जनाएको हो ।

अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि सो कम्पनीको लिलामी सेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो।

लिलामीमा ३० हजारभन्दा बढी आवेदनकर्ताले भाग लिएका थिए भने ७ अर्ब रुपैयाँ नगद नै जम्मा भएको कोषले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime