Skip to content
Prabhu

माउन्टेन ग्लोरीको एलएस क्यापिटलसँग सेयर निष्कासन सम्झौता

काठमाडौं   । माउन्टेन ग्लोरी लिमिटेडले एलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासनका लागि लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

सेयर निष्कासनका लागि कम्पनीको तर्फवाट अध्यक्ष सुनील भक्त श्रेष्ठ र क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले रकम ४० करोड रुपैयाँको सेयर निष्कासन गर्ने भएको हो । होटलको कोठाहरू थप गरी विदेशी होटलसँग अनुबन्धन गरेर पाँच तारेकोे रूपमा सेवा उपलब्ध गराउने कम्पनीको योजना छ । 

माउन्टेन ग्लोरी लिमिटेडले बिगत ८ वर्षदेखि दोभिल्ला, पोखरास्थित माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको छ। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal