Skip to content
Prabhu

अपर स्याङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आइतबार सेयर बजार कारोबार जारी रहँदा अपर स्याङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहदा यो कम्पनीको सेयर मूल्य ७१ रुपैयाँ ८० पैसाले बढेको हो ।

यो मूल्य अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले बढी हो । यो कम्पनीको सेयर मूल्य मध्यान्ह १२ बजेको अवधिमा ७८९ रुपैयाँ ८० पैसा पुगेको छ । यो समाचार तयारपार्दासम्म समग्र बजार परिसूचक पनि बढी रहेको छ । यो अवधिमा समग्र बजार परिसूचक २३ दशमलव ०८ अंकले बढेर २५९९ दशमलव ८४ विन्दुमा पुगेको छ ।

यो अवस्थामा सेयर बजारमा १ अर्ब ४१ करोड २३ लाख ६४९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अवधिसम्म सेयर बजारमा ३७ लाख ७ हजार ९३७ कित्ता सेयर कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal