Skip to content
Prabhu

इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिप हुने

nabil

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन (इयूसेबोन)ले असोज ११ र १२ गते ‘इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिप २०२४’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘वन ट्रफी, वन मार्केट, वन फेमेली’ नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको छ । उक्त प्रतियोगिता धनयन्तरी फुटसल र प्राइम फुटसल कालोपुलमा आयोजना हुने छ । प्रतियोगितामा नेपाल धितोपत्र बोर्डसहित महिलातर्फ ९ तथा पुरुषतर्फ ३२ गरी जम्मा ४१ टिम सहभागी हुनेछन् । हरेक खेल १५ मिनेटका दरले खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फका विजेताले १ लाख नगद प्राप्त गर्ने छन् भने महिला तर्फको विजेता टोलिले ६० हजार नगद पाउने छ । त्यस्तै पुरुष तर्फको उपविजेताले ६० हजार तथा महिला तर्फको उपविजेता टोलिले ४० हजार नगद सहित ट्रफि प्राप्त गर्ने छ ।

वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा भाइचाराको सम्बन्ध विस्तार गर्न यो फुटसल आयोजना गरिएको इयूसेबोनका अध्यक्ष अजय ढुंगानाले बताए । यो क्षेत्रमा काम गर्ने कर्मचारीहरूबीच हुने प्रतिस्पर्धाले सबैमा आत्मियता र हार्दिकता बढ्ने ढुंगानाको भनाइ छ । यो फुटसल प्रतियोगिता प्रत्येक वर्ष यसै तालिकाअनुसार आयोजना हुने सोच रहेको अध्यक्ष ढुंगानाले बताए ।

प्रतियोगितामा क्यापिटल मर्चेन्ट बैंकिङ, नेप्से, सीडीएससी र ब्रोकर कम्पनीहरूले सहभागिता जनाउने बताइएको छ । प्रतियोगीतामा लक्ष्मी सनराइज बैंक मुख्य प्रायोजकको रूपमा छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal