Skip to content

वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

nabil bank

तनहुँ । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप  दुई करोड ३१ लाख रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिए । 

उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार रुपैयाँ, भानु नगरपालिकाका १६ जनाले  एक लाख २० हजार रुपैयाँ, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख रुपैयाँ, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार रुपैयाँ, भिमाद नगरपालिकाका २५ जनाले  ६४ लाख ७९ हजार रुपैयाँ, बन्दीपुर गाउँपालकाका ११ जनाले  दुई लाख रुपैयाँ, देवघाट गाउँपालिकाका ११ जनाले  २१ लाख रुपैयाँ, आँबुखैरेनी गाउँपालिकाका चार जनाले  ५० हजार रुपैयाँ, ऋषिङ गाउँपालिकाका १४ जनाले  दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । 

तनहुँबाहेक अन्य ठाउँका सात जनाले २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी वैदिशक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप  दुई करोड ३१ लाख रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिए । 

उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार रुपैयाँ, भानु नगरपालिकाका १६ जनाले  एक लाख २० हजार रुपैयाँ, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख रुपैयाँ, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार रुपैयाँ, भिमाद नगरपालिकाका २५ जनाले  ६४ लाख ७९ हजार रुपैयाँ, बन्दीपुर गाउँपालकाका ११ जनाले  दुई लाख रुपैयाँ, देवघाट गाउँपालिकाका ११ जनाले  २१ लाख रुपैयाँ, आँबुखैरेनी गाउँपालिकाका चार जनाले  ५० हजार रुपैयाँ, ऋषिङ गाउँपालिकाका १४ जनाले  दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । 

तनहुँबाहेक अन्य ठाउँका सात जनाले रु २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लङ्घन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए । 

रानाले भने, ‘आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो ।’ सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ ।  जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लङ्घन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए । 

रानाले भने, ‘आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो ।’ सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime