Skip to content

मंगलबार नेप्से ५८.९३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब ६८ करोड

काठमाडौं । नेप्से परिसूचक मंगलबार २५०० विन्दुभन्दा तल झरेको छ। पछिल्ला १३ कारोबार दिनमा दुई कारोबार दिनबाहेक अरु ११ कारोबार दिनमा नेप्से घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक ५८.९३ अंक घटेर २४७०.३९ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ९.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक घटेको छ।

आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३ सय ५६ रुपैयाँ संकलन भएको छ ।

मंगलबार एनएलजी इन्स्योसेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड ४१ लाख ७६ हजार ७६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।

आज १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। साथै, आज हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima