Skip to content
Prabhu

शुक्रबार सुन–चाँदीको मूल्य स्थिर

nabil

 

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्य कायम गरिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।  

महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ। बिहीबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal