Skip to content
Prabhu

सेयर बजार राताम्य हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै घट्ने शीर्ष ५ कम्पनी

nabil

काठमाडौं । मंगलबार सेयर बजार राताम्य भएर बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । आज सेयर बजारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्यमा ५४ रुपैयाँ ७० पैसाले गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ४९२ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीमा नेपाल फाइनान्स कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४ रुपैयाँ १० पैसाले घटेर १ हजार २९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७४ प्रतिशतले कम हो ।

त्यस्तै मंगलबार बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य पनि ७.९६ प्रतिशत अर्थात् ३९ रुपैयाँ ८० पैसाले घटेर ४६० रुपैयाँ पुगेको छ । त्यस्तै आज स्वतगंगा हाइड्रोपावरको सेयर मूल्य ७.६२ प्रतिशत अर्थात् २९ रुपैयाँ ७० पैसाले घटेर ३६० रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै एनआईसी एसिया फ्लेक्सी क्यापको सेयर मूल्य ०.७० रुपैयाँले घटेर ८ रुपैयाँ ५७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.५५ प्रतशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal