Skip to content

हिमालयन एभरेष्टको सेयर मूल्य समायोजन

काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार समायोजन भएको छ। इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार बुकक्लोज गर्दै छ।

नेप्सेले यस दिन इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६ सय ७ रुपैयाँ ५७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। 

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ६ सय ६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। इन्स्योरेन्सले माघ २५ गते तीसौँ वार्षिक साधारणसभा डाकेको छ। 

सभाले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima