Skip to content
Prabhu

सेयर बजारमा ५३० अंकको गिरावट, कारोबार रकममा पनि २४ अर्ब बढीले कमी, के कारणले घटिरहेको छ बजार ?

nabil

काठमाडौ. । सेयर बजार परिसूचक पछिल्लो समय लगातार रुपमा घटिरहेको छ । साउन महिनामा उच्च अंकले बढेर कीर्तिमाननजिक पुगेको सेयर बजार अहिले पुनः पहिलेकै अवस्थामा पुगेको छ । भदौ महिना लागेपछि ओरालो यात्रा सुरु भएको सेयर बजारमा असोज महिनामा पनि निरन्तर्ता पाएको हो ।

साउन महिनामा अन्तिम कारोबार दिन कारोबार रकममा अहिलेसम्मको धेरै कारोबार भएर कीर्तिमान कायम भएको थियो । तर, भदौ महिनालागेसँग बजारमा सुस्तता देखियो । यो क्रमले असोज महिनाका पाँच दिनमा पनि निरन्तर्ता पाएको छ । साउन महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३००० विन्दुमाथि पुगेको थियो । मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २४७० विन्दुमा पुगेको छ । कारोबार रकममा पनि यो अवधिमा २४ अर्बभन्दा बढीले गिरावट आइसकेको छ ।

साउन महिनाको अन्तिम कारोबार दिन पछि आजसम्मको अवधिमा नेप्से परिसूचकमा ५३० दशमलव ४२ अंकले कमी आएको छ । साउन ३१ गते नेप्से परिसूचक ३००० दशमलव ८१ विन्दुमा कारोबार बन्द भएको थियो । मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २४७० दशमलव ३९ विन्दुमा पुगेको छ ।

यो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । साउन ३१ गतेदेखि आजसम्मको अवधिमा सेयर बजारमा २४ अर्ब २६ करोड ८९ लाख ५७ हजार ८६० रुपैयाँको कमी आएको छ । साउन महिनाको ३१ गते सेयर बजारमा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको कारोबार भएको थियो । जुन नेपालको सेयर बजारमा यो रकम अहिलेसम्मकै उच्च रकम थियो । सेयर बजारमा आज असोज ८ गतको कारोबार बन्द हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अहिलेको कारोबार रकम जेठ ८ गतेको कारोबार उस्तै हाराहारीमा रहेको छ । जेठ ८ गतेको कारोबार बन्द हुँदा पनि सेयर बजारमा ५ अर्बभन्दा माथिको कारोबार भएको थियो । साउन महिना लागेपछि भने सेयर बजारमा निरन्तर रूपमा २० अर्ब भन्दा माथिको कारोबार भएको थियो । भदौ महिनालागे पछि १० अर्ब को हाराहारीमा कारोबार सिमिति भएको थियो । असोज लागेपछि त कारोबार रकम १० भन्दा माथि पुग्न सकेको छैन ।

पछिल्लो समय सेयर बजार जुन रुपमा घटिरहेको छ यो विषयमा सेयर बजारका जानकारहरु पनि अच्चममा परिरहेका छन् । सबै सूचकहरु सकारात्मक हुँदा पनि बजोज घटिरहेको भन्दै आफै अच्चमिच भएको नेपाल धितोपत्र दलाल संघका अध्यक्ष धर्मराज सापकोटाले बताए । ‘सबै सुचकहरु हेर्दा बजार बढ्नु पर्ने अवस्था देखिन्छ । तर, बजार घटीरहेको छ । यसमा म आफंै पनि अच्चममा परेको छु,’ उनले भने ।

सुरुमा केही करेक्सन भएको भन्ने भए पनि अहिले भने बजार निरन्तर घट्नुले चिन्ता बढेको उनको भनाइ छ । चाडपर्वको समयमा अघिल्ला वर्षहरुमा पनि केही करेक्सन हुने गरे पनि यति ठूलो गिरावटलाई स्वाभाविक मान्न नसिकिने उनले बताए । ‘अहिले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक छन्, बैंकबाट सस्तो ब्याजमा कर्जा पाइएको छ । अर्थतन्त्रका अन्य सूचकहरु पनि सकारात्मक नै छन्,’ उनले भने,‘बजार बढ्दै जाँदा केही अवान्छनीय कामलाई रोक्न नसकिएको जस्तो देखिएको छ ।’

त्यस्तै नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि बजार घटेको देख्दा अच्चम लागेको बताएका छन् । बजार सुनियोजित रुपमा घटाइएको उनको आरोप छ । अहिले घटेको बजारका विषयमा हामीहरु अध्ययन गरिरहेका छौँ । बजार घटेको भन्दा पनि सुनियोजित रुपमा घटाइएको हो,’ उनले भने ।

बजारमा स्वार्थ समूहरुले भ्रम छरेर बजार घटाएको उनको आरोप छ । ‘सेयर बजारका लागि कुनै पनि सूचक नकारात्मक नभएको अवस्थामा बजार घट्नुलाई स्वाभाविक मान्न सकिँदैन,’ अध्यक्ष पाण्डेले भने । बजार जवरजस्ती घटाउने र बढाउने समूह अहिले पनि सक्रिय रुपमा लागिरहेको उनको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal