Skip to content
Prabhu

सेयर बजार अप्राकृति रूपमा घटिरहेको छः लगानीकर्ता

nabil

काठमाडौं । पछिल्लो सयम सेयर बजारमा देखिएको गिरावट अप्राकृतिक रहेको भन्दै लगानीकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् । बुधबार चारवटा लगानीकर्ता संघले विज्ञप्ति जारी गर्दै सेयर बजार निरन्तर घट्नुलाई अप्राकृति भएको बताएका हुन् ।

आज जनरल इन्भेष्टमेन्ट एसोसिएसन नेपालका अध्यक्ष दिप कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसीले हस्ताक्षर गरेर संयुक्त रुपमा जारी गरीएको विज्ञप्तिमा सेयर बजार घट्नु पर्ने कुनै कारण नभएकाले अप्राकृतिक रूपमा बजारलाई घटाइएको उनीहरको भनाइ छ ।

विभिन्न लगानीकर्ता समूहहरूले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र नेपाल स्टक एक्सचेन्जमा यस विषयमा आफ्नो गुनासो राखिसकेको भन्दै, सम्बन्धित निकायले तत्काल छानबिन गर्न माग गरेका छन् । उनीहरूले पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन गर्न तथा आम लगानीकर्ताको अधिकारको संरक्षणका लागि नियमनकारी निकायबाट तुरुन्त पहल गरिनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा आम लगानीकर्ताहरूलाई सुझबुझका साथ कारोबार गर्न र कसैको लहलहमा नपर्न सुझाव दिइएको छ । पुँजी बजार सुधारका लागि एकजुट भएर अगाडि बढ्नसमेत आग्रह गरिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal