काठमाडौं । अपि पावर कम्पनील लिमिटेडले बदमासी गरेर विद्युत नियमन आयोगमा लाभांश स्वीकृतका लागि आवेदन दिएको पाइएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने मुनाफामा अवास्तविक लाभलाई समेत खुद नाफामा देखाएर लाभांश प्रस्ताव गरेको पाइएको हो ।
कम्पनीले हाल चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.४७३७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, विद्युत नियमन आयोगले अपि पावरको लाभांश वितरणका लागि मागेको स्वीकृतिलाई अस्वीकार गरेको छ । आयोगले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट अवास्तविक लाभलाई खुद मुनाफामा देखाएर लाभांश वितरणको सन्दभमा स्पष्ट तथ्य सहति जवाफ पेस गर्न निर्देशन दिएको थियो ।
तर, कम्पनीले आफ्नो स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा पस्तुत गरेको र सो बजार मूल्यमा थपघटलाई नाफा नोक्सान हिसाव अथावा अन्य विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने स्पष्ट व्यवस्था भएबमोजिम गरिएको जवाफ नियमन आयोगमा पठाएको थियो । त्यस विषयमा आयोगले छलफल गर्दा कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) ले वर्जित गरेको हुनाले लाभांश वितरणको दिएको आवेदन अस्वीकृत भएको आयोगले कम्पनीलाई पठाएको पत्रमा भनेको छ ।
प्रतिक्रिया दिनुहोस्