Skip to content
Prabhu

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

 

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । निरन्तर चार दिन स्थिर रहेर मूल्य घटेको हो ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal