Skip to content
Prabhu

‘स्वास्थ्य बिमाको पहुँच बढाउन आवश्यक’

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य बिमाको पहुँच बढाउन आवश्यक रहेको बताए। आज हेटौंडामा आयोजित स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेशस्तरीय समीक्षा गोष्ठीमा बीमाको पहुँच बढाउँदै बीमितको उपचार तत्काल गर्ने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिए। 

बिमा गरेका नागरिकलाई सबै प्रकारका उपचार सेवा र औषधी सहज रुपमा निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । उनले सबै पक्षको सकारात्मक पहलबाट स्वास्थ्य बीमा कार्यान्वयन प्रभावकारी हुने बताए । 

बिमाको प्रथम सेवा विन्दु नगर अस्पताल बनाएर अघि बढ्दा कार्यक्रम थप प्रभावकारी हुने भएकाले त्यसतर्फ प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । बिमामार्फत प्राप्त हुने औषधीको गुणस्तर कायम गर्ने र सहज रुपमा औषधी पाउने व्यवस्था बनाउन आवश्यक रहेको मन्त्री जोशीको भनाइ थियो । 

तीनवटै तहका स्वास्थ्यसम्बन्धी संरचना र स्वास्थ्य चौकीसँग जोडिएर काम गर्दा उपयुक्त हुने र बीमालाई नागरिकसँग जोड्ने काममा सहजता प्रदान गर्न स्वास्थ्य कार्यालयसँग मिलेर काम गर्नुपर्ने उनले बताए। 

कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले देशभरमा ७५ लाख नागरिक बीमामा आबद्ध रहेको बताउँदै बोर्डको उद्देश्य प्राप्तिका लागि प्रदेश र स्थानीय तहका संरचनाहरु पनि तयार गरिएको बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal