काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपले हिरो मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता लिएको छ ।
भारतको मोटरसाइकल उत्पादक कम्पनी हिरोले नेपालको लागि आधिकारिक बिक्रेतामा चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरलाई चयन गरेको हो ।
हिरो मोटरसाइकलको बिक्रेता ज्योति ग्रुप अन्तर्गत डा रुप ज्योतिको परिवारसँग रहेको थियो । हिरोहोण्डा मोटरसाइकल हुँदादेखि नै नेपालमा बिक्रेता ज्योति ग्रुप थियो । भारतमा हिरो र होण्डा साझेदारी टुक्रिएपछि नेपालमा ज्योति ग्रुप अन्तर्गत पद्म ज्योतिले लिएका थिए भने हिरोको डिलर रुप ज्योतिको कम्पनी अन्तर्गत आएको थियो ।
पछिल्लो समय ज्योति परिवारमा पनि विवाद छ । हिरो कम्पनीले नेपालमा रुप ज्योतिको कम्पनीले सोचे अनुसार व्यापार गर्न नसकेको देखेपछि नयाँ डिलरको खोजीमा थियो । जसमा चौधरी समुह सहित अन्य व्यवसायिक घराना लागेका थिए ।
प्रतिक्रिया दिनुहोस्