Skip to content
Prabhu

आइतबार सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच?

 

काठमाडौं । नेपाली बजारमा आइतबार प्रतितोला सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ ।  

आज  बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने ५ रुपैयाँले  घटेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ९५ रूपैयाँमा कारोबार भएकोमा आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

आज आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal