Skip to content
Prabhu

टीभीएसको बाइक तथा स्कुटर किन्दा ७ हजारसम्म नगद छुट

काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरूले टिभिएस बाइक तथा स्कुटरको खरिदमा  ७ हजार रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् । यस्तै कम ईएमआइ सुविधा, मात्र ३ हजार ९ सय ९९ बाट सुरु हुने कम्पनीले जनाएको छ । 

यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने बताएको छ । 

यस योजनासँगै कम्पनीले मात्र ३ हजार ९ सय ९९ बाट सुरु हुने  सबैभन्दा कम ईएमआइ सुविधा हाइलाइट गर्दै नेपाल अधिराज्य भर लागू हुने गरी  ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal