काठमाडौं । साताको तेस्रो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक समान्य बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से १ दशमलव ७७ अंकले बढेको हो ।
आजको प्रि ओपनस सेसनको कारोबार पछि परिसूचक २६९२ दशमलव ४९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ० दशमलव ५२ अंकले बढेको छ । मंगलबारको प्रि ओपन सेसनमा कारोबार भएका १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ वटाको सेयर मूल्य भने स्थिर रहेको छ ।
मंगलबारको प्रि ओपन सेसनमा ३६ स्टकको २ हजार ७२० कित्ता सेयर ६५ पटक खरिद बिक्री हुँदा १४ लाख ८७ हजार ९०० रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्