काठमाडौं । बुधबारको कारोबार बन्द हुँदा सेयर बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।
यो हाइड्रोपावरको सेयर मूल्य १०२ रुपैयाँ ७० पैसाले घटेर ९२४ रुपैयाँ ३० पैसा पुगेको छ । आजको कारोबार जारी रहँदा समग्रमा नेप्से परिसूचक १ दशमलव ७१ विन्दुले घटेर २६६१ दशमलव ६० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ४४ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्