Skip to content
Prabhu

सेयर बजार सामान्य बढ्दा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, यी हुन धेरै बढ्ने पाँच कम्पनी

nabil

काठमाडौं । दसैँभन्दा अघिको अन्तिम कारोबार दिनमा सेयर बजार सामान्य अंकले बढेर विदा भएको छ । अघिल्लो दिनको भन्दा ४ अंकले बढेको सेयर बजारमा १३० कम्पनीको सेयर मूल्य बढेको छ ।

आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । आज मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १०३ रुपैयाँ ७० पैसाले बढेर १ हजार १४१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।

त्यस्तै आज अपर स्याङ्गे हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, अपर सोलू हाइड्रो इलेक्ट्रोसिटी कम्पनी र पिपुल्स हाइड्रोपावर कम्पनी धेरै मूल्य बढ्ने शीर्ष पाँच भित्र परेका छन् । आज अपर स्याङ्गेको सेयर मूल्य ९.९३ प्रतिशत अर्थात् ८२ रुपैयाँले बढेर ९०८ रुपैयाँ पुगेको छ ।

त्यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य पनि ३७ रुपैयाँ ३० पैसाले बढेर ४२३ रुपैयाँ ७० पैसा पुुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.६५ प्रतिशतले बढी हो ।

आजको कारोबार बन्द हुँदा अपर सोली हाइड्रो इलेक्ट्रोसिटिको सेयर मूल्य पनि ६.५५ प्रतिशत अर्थात् ३१ रुपैयाँले बढेर ५०४ रुपैयाँ पुगेको छ । बुधबारको कारोबार बन्द हुँदा पिपुल्स हाइड्रोको सेयर मूल्य २५ रुपैयाँ ३० पैसाले बढेर ४१५ रुपैयाँ ३० पैसा कायम भएको छ । यो अघिल्लो दिनको भन्दा ६.४९ प्रतिशतले बढी हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal