Skip to content

दसैंपछि खुलेको पहिलो दिनै नेप्से ३१.४८ अंकले बढ्यो, कारोबार ३ अर्ब ६ करोड

काठमाडौं । दसैंपछि खुलेको सेयर बजार (नेप्से परिसूचक) मंगलबार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक बढेको छ।

बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। आज उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै बढेको छ। आज वित्त समूह सर्वाधिक ४.६१ प्रतिशतले बढेको छ।

आज २०५ वटा कम्पनीको शेयरभाउ बढ्दा ३२ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ। आज ३ वटा कम्पनीको सेयरभाउ पोजिटिभ सर्किट लागेको छ। जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरभाउमा १० प्रतिशत र मल्टीपर्पस फाइनान्सको सेयरभाउ १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो।

आज सेयर बजारमा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life