Skip to content

दाउन्ने एग्रो फार्मले साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं। सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता भएको छ।

उक्त सम्झौतामा दाउन्ने एग्रो फार्मका कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतापछि सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मको साधारण सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको काम गर्ने छ। दाउन्ने एग्रो फार्मले जर्मनी र मलेसियाबाट आयातीत स्वचालित प्रविधि प्रयोग गरी दैनिक ४,००,००० लेयर्स कुखुराबाट प्रतिदिन १७०० कार्टुन अन्डा उत्पादन गर्दै आएको छ।

कम्पनीले फार्मको सबै गतिविधि अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको ईआरपी सफ्टवेयर प्रयोगमा ल्याएको छ। भविष्यमा ६ लाख कुखुराबाट प्रतिदिन २ हजार ६ सय कार्टुन अन्डा उत्पादन गर्नेसमेत लक्ष्य राखेको दाउन्ने एग्रो फार्म विनयी त्रिवेणी गाउँपालिका वडा–३, सर्दी नवलपुरमा छ।

कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्टअन्तर्गतको नेपाल अपरच्युनिटी फन्ड– १ को समेत लगानी छ। सिटिजन्स क्यापिटलले कम्पनीलाई सेयर निष्कासनसम्बन्धी परामर्श र धितोपत्र बोर्डको स्विकृतिपछि प्रारम्भिक सेयर निष्कासनको प्रबन्ध गर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima