Skip to content
Prabhu

शिवम् होल्डिङ्ग्सले पारित गर्यो ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव

nabil

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङस् लिमिटेडले आव २०८०/८१ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सो साधारणसभाले कम्पनीमा हाल कायम सेयर धनीहरुलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, शिवम् होल्डिङसका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको बार्षिक साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गरेको छ । कम्पनीको आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

शिवम् होल्डिङ्ग्सले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानीसमेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्शी शिवम् सिमेन्टको उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ ।

सो उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडि बढाइएको छ ।

त्यसैगरी शिवम् होल्डिङ्ग्सले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरु सर्व साधारणहरुलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गरिसकेको छ ।

धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपश्चात नियमानुसार सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरुमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागिरहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal