Skip to content
Prabhu

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने ७ अर्ब १९ करोड

nabil

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार २.४७ अंकले बढेर २७४५.३६ मा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंकले बढेको छ।

आज ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँ कारोबार भएको छ ।

आज कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३३ करोड १३ लाख ९० हजार १ सय ८५ रुपैयाँ कारोबार भएको छ । बैंकको प्रतिकित्ता सेयर न्युनतम मूल्य २ सय ४३ रुपैयाँ रहेको छ ।

आज ८९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज गुडवील फाइनान्सको सेयर ७।६३ प्रतिशतले बढेको छ भने अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर ५।१९ प्रतिशतले घटेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal