काठमाडौं । आइतबारको सेयर बजार राताम्य भएर बन्द भयो । कारोबार रकममा सुधार भए पनि परिसूचक ४७ अकंले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये २२६ कम्पनीको सेयर मूल्य घटेको दिन एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको हो ।
आज सेयर बजारमा इर्स्टन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य आज ९७ रुपैयाँ ३० पैसाले घटेर ८७५ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतको गिरावट हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा गुडविल फाइनान्स, एनआईसी एशिया डिबेन्चर ०८२/८३, बुटवल पावर कम्पनी र तेह्रथुम वार कम्पनी रहेका छन् ।
आज गुडविल फाइनान्सको सेयर मूल्य १०० रुपैयाँ ९० पैसाले घटेर १ हजार ९९ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ८.४१ प्रतिशतले कम हो । त्यस्तै आइतबारको कारोबार बन्द हुँदा एनआईसी एशिया डिबेन्चर ०८२/८३ को सेयर मूल्य पनि ५.८३ प्रतिशत अर्थात् ६७ रुपैयाँले घटेर १ हजार ८३ रुपैयाँ पुगेको छ ।
त्यस्तै बुटवल पावर कम्पनीको सेयर मूल्यमा पनि २४ रुपैयाँ ५० पैसाले गिरावट आएर ४६३ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ५.०३ प्रतिशतले कम हो । आइतबार धेरै सेयर मूल्य घट्ने पाँचौँ नम्बरमा तेह्रथुम पावर कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य ४.९६ प्रतिशत अर्थात् २४ रुपैयाँले घटेर ४६० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्