Skip to content

एक करोड ८७ लाख पर्ने निसानको एक्स ट्रायल सार्वजनिक

काठमाडौं । निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पाइनियर मोटो कर्पले निसानको नयाँ एक्स ट्रायल सार्वजनिक गरेको हो।

हाइब्रिडसहितको यो गाडीको मूल्य १ करोड ८७ लाख रुपैयाँ रहेको छ। आधुनिक डिजाइन र अटो उत्पादनमा नयाँ प्रविधि अपनाएर नयाँ एक्स ट्रायल बनाइएको कम्पनीले दाबी गरेको छ।

सेभेन सिटर भएको सो हाइब्रिड गाडी चलाउँदा इभी ड्राइभको अनुभव लिन सकिने पाइनियर मोटो कर्पमा प्रबन्ध निर्देशक सन्दीप शारदाले जानकारी दिए। निसानको नयाँ एक्स ट्रायल हाइब्रिड गाडी एक्स ट्रायलको चौथो जनेरेसन हो।

सन् २००१ मा एक्स ट्रायल कोउदयपछि, विश्वभर ७ मिलियनभन्दा बढी गाडीहरूबिक्री भएका छन्। यो गाडी निकै आरामदायी, वातावरण मैत्री रहेको कम्पनीको दाबी छ।

निसान भारतका निर्यात प्रमुख रघुनाथ नैरले नेपालमा पनि एक्स ट्रायल सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए। यस हाइब्रिड गाडी चलाउदाँ इलेक्ट्रिक गाडी चलाएको जस्तो अनुभव हुने उनले सुनाए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi