Skip to content
Prabhu

मारुती सुजुकीको एसुभी इभी २०२५ देखि बजारमा आउने

नयाँ दिल्ली । मारुती सुजुकीले सन् २०२५ मा मिडसाइज विद्युतीय गाडी एसुभी बजारमा ल्याउने भएको छ । 

कम्पनीका मार्केटिङ तथा सेल्स सिनियर एक्जिक्यूटिभ अफिसर शशांक श्रीवास्तवले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै मारुती सुजुकीको इभीमा ब्याट्रीको आयु र राम्रो डिजाइनका साथ बजारमा आउने बताए । 

अहिले मारुती सुजुकीको विद्युतीय गाडी छैन । सन् २०२३ मा भारतमा भएको अटो एक्स्पोमा मारुती सुजुकीले ल्याउन लागेको विद्युतीय गाडी देखाएको थियो । सन् २०२५ देखि विद्युतीय गाडी उपलब्ध गराउने योजना कम्पनीको रहेको छ । 

मारुती सुजुकीले ल्याउन लागेको विद्युतीय गाडी फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ । मारुती सुजुकी भारतमा सबैभन्दा बढी कार बेच्ने ब्राण्ड हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal