Skip to content
Prabhu

नाडाको अध्यक्ष करण चौधरी बन्ने सहमति

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालको अध्यक्ष करण चौधरी बन्ने भएका छन् । 

नाडाका अध्यक्ष धुव्र थापा सहित पूर्वअध्यक्षहरु तथा अध्यक्षका प्रत्यासीबीच भएको छलफलपछि चौधरीलाई अध्यक्ष बनाउनेमा सहमति जुटेको हो । 

नाडाको अध्यक्षको लागि करण चौधरी र आकाश गोल्छाले प्यानल सहित प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । 

अघिल्लो पटक अहिलेका अध्यक्ष र थापा र चौधरी प्यानल सहित निर्वाचन लडेका थिए । थापासँग चौधरी पराजित भएपनि यो पटक चौधरीलाई निर्विरोध बनाउने भूमिका अध्यक्ष थापा सहित पूर्व अध्यक्षहरुले निभाएका थिए । 

सहमति अनुसार गोल्छा बरिष्ठ उपाध्यक्ष बन्ने र आगामी कार्यकालको लागि अध्यक्ष बन्ने छन् । 

नाडा गाडी बिक्रेताहरुको संस्था हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal