काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा कुथेली बुखारी साना लविद्युत लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको पहिलो २० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २९५ रुपैयाँ ३० पैसाले घटेर २ हजार ६५७ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ४ दशमलव ४९ अंकले घटेर २६७२ दशमलव ९० विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्